PERHAPS A GIFT VOUCHER FOR MUM?: MOTHER'S DAY

Close Notification

Your cart does not contain any items

Kafkas

The Metamorphosis (Nepali Illustrated Edition)

Ram C Khatri Sandipan Santra

$23.95

Paperback

In stock
Ready to ship

QTY:

Nepali
Restart Publishing
10 November 2021
"अनौठो सपनाबाट एकाबिहानै ओछ्]यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्]चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन ।

एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।

फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस' विश्]वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

""काफ्का भनेको 'मेटामोर्फसिस', 'मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक]ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । "" -सरूभक्त"

Illustrated by:   Sandipan Santra
Translated by:  
Imprint:   Restart Publishing
Country of Publication:   United States
Edition:   Large type / large print edition
Dimensions:   Height: 229mm,  Width: 152mm,  Spine: 7mm
Weight:   172g
ISBN:   9781087987637
ISBN 10:   1087987636
Pages:   122
Publication Date:  
Audience:   General/trade ,  ELT Advanced
Format:   Paperback
Publisher's Status:   Active

, ' ' . . . . . . ] ' ' ' ' ' ' ( )

Reviews for Kafkas: The Metamorphosis (Nepali Illustrated Edition)

काफ्काको 'द मेटामोर्फसिस' विश्वसाहित्यको एक मास्टरपीस हो । यसले शताब्धीकै एक महानतम साहित्यिक आन्दोलनलाई चिनाउँछ । त्यो हो 'विसङ्गतिवाद' । त्यो बुझ्नलाई काफ्काको प्रस्तुत कृति अपरिहार्य छ । - गोविन्दराज भट्टराई आज भन्दा १०५ वर्ष पहिले फ्रान्ज काफ्काको पाठ्य भूगोलमा जन्मिएको ग्रेगोर स्याम्सा नामको अजङ्गको कीरो अनुवादको बाटो हुँदै सय वर्षपछि नेपालीमा भित्रिएको छ । मान्छेबाट कीरोमा कायान्तरण भएको काफ्काको यस मानसपुत्रको विसङ्गत जीवन, एकाकीपन र महत्त्वहीन अन्त्यको कथालाई अनुवादकले कुशलतापूर्वक अङ्ग्रेजीबाट नेपालीमा भित्र्याएका छन् । - बलराम अधिकारी विसङ्गति एक बुझाई हो, मान्छेले दिएको 'अर्थ'सङ्गत परिभाषा हो । 'द मेटामोर्फसिस' पढेको दिनदेखि, हरेकपटक सडकमा निस्कँदा म मान्छेको भेषमा त्यही 'अर्थ'को परिभाषा बनाउन घिस्रिरहेका यामानका कीराहरूबाहेक केही देख्दिनँ । - गनेस पौडेल विश्]वभरका भूतपूर्व लेखक, समकालीन लेखक एवम् नवआगन्तुक लेखकहरूलाई हिप्नोटिक प्रभावमा पारिरहने यो कथाले कल्पनाशीलताको नूतन द्वार खोलिदिएको छ । मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवाले 'द मेटामोर्फसिस' अवश्य पनि पढिरहेको छ । - कुमार नगरकोटी क्लासिक साहित्य अनुवाद गरेर रामचन्द्रले उल्लेखनीय काम गरेका छन् । उनले मूल कथामा व्याप्त सुक्षान्तर भेदहरूलाई कुशलतापूर्वक आफ्नो अधिनमा लिएर नेपालीमा गज्जबसँग प्रस्तुत गरेका छन् । उनको यस अनुवादले मूल कृति 'द मेटामोर्फसिस'को विषय र शैलीलाई न्याय गरेको छ । - अरुण गुप्तो


See Also