नेपालमा जन्मिएका डा. तुलसी आचार्य सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै साहित्य, शिक्षा र अनुसन्धानमा सक्रिय छन् । उनले केनेसज स्टेट विश्वविद्यालयबाट प्रोफेशनल राइटिङमा स्नातकोत्तर, महिला अध्ययनमा स्नातकोत्तर, फ्लोरिडा एटलान्टिक विश्वविद्यालपबाट सार्वजनिक प्रशासनमा विद्यावारिधि तथा जर्जिया कलेजबाट क्रिएटिभ राइटिङमा एमएफए हासिल गरेका छन् । हाल साउथ जर्जिया स्टेट कलेजमा अंग्रेजी अध्यापन गर्छन् । उनका दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । अंग्रेजी पुस्तक Running from the Dreamland, Like Water on Leaves of Taro तथा नेपाली उपन्यास मोचन र स्वप्रभूमि चर्चित कृति हुन् । उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट होमनाथ सुवेदी डायस्पोरा उत्कृष्ट साहित्य पुरस्कार प्राप्त गरेका छन् ।www.tulasiacharya.com
""प्रयोग, प्राप्ति र लेखकीय पहिचान सहितको कविता"" - डा. नवराज लम्साल ""समाज, समय, मान्छे, वैश्विक परिवेश तथा अनुभूतिलाई संवेदनात्मक किसिमले प्रस्तुत गर्ने विशिष्ट कला"" - प्रा.डा. लक्ष्मणप्रसाद गौतम ""संक्षिप्तता, प्रभावकारिता र कलात्मक उच्चता सहितको कविता"" - कवि भुपिन ""प्रतिनिधि प्रयोगधर्मी कवि"" - राजकुमार बानियाँ ""प्रकृति र मानवताको समन्वयबाट प्रस्फुटित कविता"" - डा. गीता त्रिपाठी, कवि तथा समालोचक ""सामान्य र गहन परिघटनालाई पालुवाभन्दा कोमल रूप दिई काव्यिक बान्कीमा रूपान्तरण गर्ने कवि ।"" - सुदेश सत्याल ""परदेशका पीडा, घरदेशका नोस्टाल्जिया र निजात्मक अनुभुतिको गहकिलो कोलाज"" - राधिका कल्पित